सिन्धु विकास बैंकको साधारण सभा माघ २७ गते, शेयरधनीको हात भने रित्तो « Arthapath.com
६ माघ २०७९, शुक्रबार

सिन्धु विकास बैंकको साधारण सभा माघ २७ गते, शेयरधनीको हात भने रित्तो



काठमाडौं । सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभा माघ २७ गतेका लागि बोलाएको छ । सभा होटल सारथी धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंक र अनय कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेको हुदाँ माघ १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्