सानिमा बैंकको नाफा र प्रतिसेयर आम्दानी बढ्यो, अन्य सूचकहरुमा पनि सकरात्मक प्रगति (विवरणसहित) « Arthapath.com
२३ असार २०८२, सोमबार

सानिमा बैंकको नाफा र प्रतिसेयर आम्दानी बढ्यो, अन्य सूचकहरुमा पनि सकरात्मक प्रगति (विवरणसहित)



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १९.३४ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ७ करोड ७० लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशतले वृद्धि भई ३ अर्ब २१ करोड ५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल संचालन आम्दानी गत वर्षको तुलनामा २८.८१ प्रतिशतले वृद्धि भई ३ अर्ब ८३ करोड ६३ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको संचालन नाफामा पनि २१.४२ प्रतिशतको सुधार देखिएको छ। बैंकले चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ८२ करोड २० लाख १८ हजार रुपैयाँ संचालन नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ रहेको छ। बैंकले जगेडा तथा कोषमा भने ५ अर्ब ५८ करोड ४३ लाख ९८ हजार रुपैयाँ राखेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप संकलन १ खर्ब ५९ करोड २० लाख ८० हजार ५२ हजार रुपैयाँ रहेको छ भने कुल कर्जा प्रवाह १ खर्ब ४३ अर्ब ७३ करोड ३९ लाख ३२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १.०७ प्रतिशत र ५.२९ प्रतिशतले बढेको हो । बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ ।

यस्तै, चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसाले बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।
बैंकको आधार दर १०.०३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्