एनएमबि बैंकको खुद नाफा झण्डै २ अर्ब, निक्षेप १ खर्ब ९२ अर्ब पुग्दा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ ।
पुष समान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा ११.०७ प्रतिशतले बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँमा सिमित रहेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा मुनाफा समेत सुधार देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त आम्दानी ५७.२२ प्रतिशतले बढेर ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको हो ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा १२ं.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २ अर्ब ४२ करोड २९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको वितरण योग्य नाफा २६.८१ प्रतिशतले घटेर ६३ करोड ९७ लाख ९७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा ९.३६ प्रतिशतले बढेर ७ अर्ब ६० करोड रुपैयाँ, निक्षेप ४.२३ प्रतिशतले बढेर १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ, कर्जा प्रवाह ४.८५ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब रुपैयाँ आर्जन गरेकोछ । पुष मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर २० रुपैयाँ ७ पैसा रहेको छ ।