अन्य वाणिज्य बैंकहरुको तुलनामा एभरेष्ट बैंकले बढायो सबैभन्दा धेरै नाफा, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । एभरेष्ट बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा बैंकको नाफा ८९.२९ प्रतिशतले वृद्धि भएको छ ।
यो अन्य बैंकहरुको भन्दा अर्थात हालसम्म चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुको भन्दा धेरै हो ।
बैंकले चालु आवको ६ महिनामा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७२.५५ प्रतिशतले वृद्धि भई ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा भने बैंकको यो आम्दानी २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको कुल संचालन नाफा ४ अर्ब २५ करोड ८९ लाख ५७ हजार रुपैयाँ र खुद संचालन आम्दानी ३ अर्ब ८९ करोड २३ लाख २५ हजार रुपैयाँ रहेको छ ।
चालु आवको ६ महिनामा बैंकको संचालन नाफा भने १७९.१९ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । वितरण योग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
सो अवधिमा बैंकमा १ खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा भने ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ राखेको छ । सो अवधिमा बैंकको खराब कर्जा ०.५५ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ ।