यस्तो छ कामना सेवा विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट « Arthapath.com
८ माघ २०७९, आईतवार

यस्तो छ कामना सेवा विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुुसार खुद नाफा भने ओरालो लागेको छ ।

पुष समान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ४३.०६ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ४३ प्रतिशतले घटेर २७ करोड ९८ लाख १६ हजार रुपैयाँ खुम्चिएको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.८७ प्रतिशतले बढेर १ अर्ब २ करोड २६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष ३३.२२ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १३ लाख १५ हजार रुपैयाँ, कर्जा ०.०१ प्रतिशतले घटेर ४२ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ र निक्षेप ३.७२ प्रतिशतले बढेर ४७ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्