वाणिज्य बैंकहरुको जगेडा कोषमा करिब २ खर्ब : ६ वटाको १० अर्ब माथि, कुन कति बलियो ? « Arthapath.com
२३ असार २०८२, सोमबार

वाणिज्य बैंकहरुको जगेडा कोषमा करिब २ खर्ब : ६ वटाको १० अर्ब माथि, कुन कति बलियो ?



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

विवरण अनुसार सो अवधिमा बैंकहरुको खुद नाफा ११.७५ प्रतिशतले वृद्धि भई ३० अर्ब २६ करोड ३८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकहरुले २७ अर्ब ८ करोड बढी नाफा आर्जन गरेका थिए ।

यो हालै मर्जर भई एकीकृत कारोबार थालनी गरेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंक बाहेकको तथ्याङ्क हो । यी दुई बैंकले दोस्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।

चालु आवको सो अवधिमा बैंकहरुको जगेडा कोष भने ३३.०९ प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तसम्ममा बैंकहरुको जगेडा कोष १ खर्ब ९५ अर्ब ७ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ । तर, गत वर्षको सोही अवधिमा भने बैंकहरुको यो कोषमा १ खर्ब ४६ अर्ब ५६ करोड ९९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा ६ वटा वाणिज्य बैंकहरुको जगेडा कोष १० अर्ब माथि रहेको छ ।

सो अवधिमा जगेडा कोषमा सबैभन्दा धेरै रकम नबिल बैंकको देखिएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासम्ममा सो कोषमा २५ अर्ब ५७ करोड ४१ लाख ४० हजार रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषा गत वर्षको पुस महिनाको तुलनामा भने ७४.८५ प्रतिशतले बढाएको हो ।

दोस्रो स्थानमा रहेको नेपाल बैंकले भने गत वर्षको दोस्रो त्रैमासमा तुलनामा १४.३९ प्रतिशतले वृद्धि गरि १९ अर्ब ९८ करोड ३६ लाख ७० हजार रुपैयाँ राखेको छ । गत वर्षको सोही अवधिमा बैंकको यो कोषमा १७ अर्ब ४६ करोड ९६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको भने १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्मका तुलनामा भने बैंकको यो कोष ९८.७८ प्रतिशतले बढी हो । बैंकले हालै बैंक अफ काठमाण्डूसंग मर्जरमा भई एकीकृत कारोबार समेत सुरु गरेको छ । सोही कारण पनि बैंकको जगेडा कोष बढ्न पुगेको हो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोषमा १६ अर्ब ८२ करोड ८८ लाख ८६ हजार रुपैयाँ, एनआईसी एशियाको १२ अर्ब ८९ करोड ६७ लाख ५० हजार र कृषि विकास बैंकको ११ अर्ब ९५ करोड ३४ लाख १० हजार रुपैयाँ रहेको छ । यी बैंकहरुको जगेडा कोष गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने क्रमशः ६.२० प्रतिशत, ४७.०९ प्रतिशत र १४.५८ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा सबैभन्दा कम जगेडा कोष सिभिल बैंकको देखिएको छ । बैंकको सो कोषमा २ अर्ब ८२ करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ । तर, गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने सिभिल बैंकले जगेडा कोष ८३.०३ प्रतिशतले बढाएको छ ।

चालु आवको दोस्रो त्रैमासमा एभरेष्ट बैंक र प्रभु बैंकको जगेडा कोष लगभग बराबरी जस्तो देखिएको छ । सो अवधिमा एभरेष्टको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ, प्रभु ९ अर्ब ८ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

यस्तै, सिद्धार्थ बैंकको जगेडा कोष ८ अर्ब ८२ करोड १५ लाख ७२ हजार, प्राइम कमर्सियलको ८ अर्ब ३५ करोड ९० लाख २६ हजार, एनएमबिको ७ अर्ब ६० करोड ४४ लाख ७९ हजार, हिमालयन बैंकको ७ अर्ब ४२ करोड ३४ लाख ३९ हजार, सनराइजको ७ अर्ब १२ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको छ ।

यता, स्टाण्डर्ड चार्टर्डले ६ अर्ब ६३ करोड २० लाख ३१ हजार रुपैयाँ, नेपाल एसबिआईले ६ अर्ब ४१ करोड ९९ लाख, सिटिजनले ५ अर्ब ६४ करोड ७२ लाख, लक्ष्मीले ५ अर्ब ५ करोड ७५ लाख, सानिमाको ४ अर्ब ६२ करोड ६ लाख र माछापुच्छ«े बैंकले ४ अर्ब १३ करोड ८९ लाख रुपैयाँ जगेडा कोषमा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्