हिमालयन बैंकले कान्ति बाल अस्पतालमा दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एक अस्पतालमा विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा माघ ४ गते दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० ATM र ६००० भन्दा बढी एइक् त्भचmष्लबकि बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।