विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घट्योः अग्र स्थानमा मुक्तिनाथ, अन्यको रिपोर्टे कस्तो ? « Arthapath.com
९ माघ २०७९, सोमबार

विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घट्योः अग्र स्थानमा मुक्तिनाथ, अन्यको रिपोर्टे कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुदाँ विकास बैंकको नाफा भने घटेको छ । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा ५ बैंकको नाफा घटेको हो ।

यस अवधिमा विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिका संचालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

नाफा बढाउने बैंक
३ वटा बैंकले मात्र नाफा बढाएका छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र साइन रेसुङ्गा विकास बैंकले नाफा बढाएका हुन ।

मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ, साइन रेसुङ्गा विकास बैंकको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ र गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ ।

नाफा घटेको बैैकहरु
साथै, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको हो ।

ज्योति विकास बैंकको मुनाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सिमित भएको छ । कामना सेवा विकास बैंकको ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्टको ३६.३८ प्रतिशतले घटेर १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशतले घटेर २६ करोड १० लाख ६७ हजार रुपैयाँ र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेर ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्