नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ ।
बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण भएको हो ।
स्थानान्तरण हुन लागेको शाखा कार्यालयमा रहेका लकर तथा ग्राकहरुका खाताहरु सोही शाखा नजिकको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु गरेको छ ।
