हिमालयन बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो निःशुल्क आँखा परिक्षण « Arthapath.com
२३ असार २०८२, सोमबार

हिमालयन बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो निःशुल्क आँखा परिक्षण



काठमाडौं । हिमालयन बैंक लिमिटेडले निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा आँखा परीक्षण गरेको हो ।

डा. सन्यम बजिमय र उनको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयनबैंकको आर्थिक सहयोगमा माघ ४ गते देखि माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए ।


प्रतिक्रिया दिनुहोस्