कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल नियुक्त « Arthapath.com
१५ माघ २०७९, आईतवार

कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको छ ।

कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ देखि लागू हुने गरी उक्त जिम्मेवारी दिएको हो । दाहाल यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए ।

बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्यानुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गरिसकेका छन्। उनी एनआईसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्