स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गते जारी गर्ने, ब्याजदर कति ? « Arthapath.com
१८ माघ २०७९, बुधबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गते जारी गर्ने, ब्याजदर कति ?



काठमाडौ. । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गतेदेखि निष्कासन गर्ने भएको छल । कम्पनीले १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्ने भएको छ । जसमा ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिने कम्पनीले बताएको छ । सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको छ ।

यो ऋणपत्र छिटोमा फागुन १ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्