ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र माघ २९ गतेदेखि बिक्रीमा आउने, ब्याजदर कति ? « Arthapath.com
२० माघ २०७९, शुक्रबार

ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र माघ २९ गतेदेखि बिक्रीमा आउने, ब्याजदर कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई र सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।

बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ जारी गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले रहेको छ ।

उक्त ऋणपत्रमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधि भित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा फागुन १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्