सप्तकोशी डेभलपमेन्ट बैंकको सीइओमा दिनेश कुमार पोखरेल नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिनेश कुमार पोखरेललाई नियुक्त गरेको हो ।
कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि लागू हुने गरी सीइओ पदमा नियुक्ती गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि रहनेछ ।