एनआईसी एशिया बैंकको ७५ हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२० माघ २०७९, शुक्रबार

एनआईसी एशिया बैंकको ७५ हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले कम्पनीको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सकिने उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०६ रुपैयाँ तोकिएको हुँद आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त सेयर माघ २७ गते सम्म उक्त लिलामी रहने छ भने सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्