तपाईको खातामा ११.५ प्रतिशत लाभांश आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको सेयरधनीका खातामा लाभांश जम्मा गर्ने सुरु गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुको सम्बन्धी बैंक खातामा नगद लाभांश वितरण सुरु गरेको हो ।
बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११.५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको हो ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरा गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्रै उक्त नगद लाभांश जम्मा हुने बैंकले जनाएको छ । बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।