दुई इन्स्योरेन्ससहित तीन कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार ज्योती विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
नेप्सेमा ज्योती विकास बैंकको बोनस सेयर समायोजनपछिको मूल्य ३०६ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
सगरमाथा इन्स्योरेन्सको बोनस सेयर समायोजनपछिको मूल्य ७११ रुपैयाँ ५७ पैसाको साधारणमा नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १२.४० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर समायोजनपछिको मुल्य नेप्सेले ५३१ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । कम्पनीको ६.९९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।