ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप « Arthapath.com
४ फाल्गुन २०७९, बिहीबार

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । तोकिएको अवधि (माघ ३ गते) सम्म माग बमोजिको आवेदन पछि समय थप गरेर फागुन १४ गतेसम्म पुर्याइएको हो ।

कम्पनीले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई र सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।

बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११।२५५ ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ जारी गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले रहेको छ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्