सिभिल बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि रोक्का, यस्तो छ कारण

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई एक पत्र पठाउँदैं फागुन १४ गतेदेखि १५ कार्यदिनका लागि रोक्का राख्न भनेको हो ।
सिभिललाई हिमालयन बैंकले एक्वायर गरेपछि फागुन १२ गतेदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुँदैछ । तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर कारोबार रोक्का गर्ने छ ।
साथै, डाटा माइग्रेशन गर्न फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।