नेप्सेमा एक कम्पनीको ११ लाख कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको ११ लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । आइतबार बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले ७ वर्ष अवधिको लागि वार्षिक १०.५० प्रतिशतमा निष्कासन गरेको ‘बिओके डिबेञ्चर २०८६ क’ ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बीओकेडी ८६ क रहेको छ ।

उक्त ऋणपत्र अब भोलि (फागुन १५ गते) देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्