स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले । पाँच वर्षे अवधिको १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र माघ २६ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २ अर्ब ४० करोड बराबरको कुल २४ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको थियो । ४० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानीकोष र बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्