माया खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त « Arthapath.com
२१ असार २०८२, शनिबार

माया खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त



काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरकेो छ । कम्पनीले सेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटल नियुक्त गरेको हो ।

उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरिरहेको छ ।

सिटिजन्स क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्