एनएमबि बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? « Arthapath.com
२१ असार २०८२, शनिबार

एनएमबि बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत प्राप्त गरेको हो ।

कम्पनीले फागुन १८ गते ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले आगामी ५ वर्ष सम्मको लागि बार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस कयापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्