तपाईको खातामा प्रभु बैंकको ८ प्रतिशत लाभांश आयो, छैन भने यसो गर्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत लाभांश वितरण गरेको हो ।
कम्पनीले ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १ गते एक दिन बुक क्लोज गरेको हुदाँ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा भएको हो ।
हितग्राही खातामा हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । अद्यावधिक पछि मात्र बोनस सेयर जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।