घट्यो ब्याजदरः कुन बैंकबाट ऋण लिँदा सस्तो र कुनको महँगो पर्छ ब्याज ?

काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बैंकहरुले चैत महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । सो महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन् । साधारण बचत तथा कल निक्षेपको ब्याजदर घटाएका छन् ।बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११ प्रतिशत, बचतको ०.४२ प्रतिशत विन्दु घटाएका हुन् । बैंकहरुको साधारण बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म र कल निक्षेपको ब्याजदर भने ३ प्रतिशतमा झारेका छन् ।
चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निर्णय गरेको थियो । आजदेखि निक्षेपमा ०.४२ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने भएका हुन् । हाल बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने छन् ।
कुनको बैंकबाट ऋण लिँदा कति तिर्नुपर्छ ब्याज ?
हाल चार वटा बैंकको आधार दर (बेस रेट) एकल बिन्दुमा छ । बैंकको आधार दरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने भन्ने ं संकेत गर्दछ ।
राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नेपाल बैंक र एभरेष्ट बैंकको आधार दर एक अंकको बिन्दुमा छ । यी बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज लाग्नेछ । राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा २ प्रतिशतदेखि ५ प्रतिशतसम्ममा प्रिमियम जोडिने छ ।
यस्तै, स्टाण्डर्ड चार्टर्डको भने कर्जामा बेस रेटमा २ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म प्रिमियमम जोडिने छ । हाल बैंकको आधार दर ९.६७ प्रतिशत रहेको छ । नेपाल बैंकले पनि कर्जाको ब्याजदरमा थप २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । हाल बैंकको आधार दर ९.९० प्रतिशत रहेको छ । यसको आधारमा बैंकबाट कर्जा लिँदा १४.९ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
यता, एभरेष्ट बैंकबाट ऋण लिँदा भने आधार दरमा थप ४.५० प्रतिशत जोडिने छ । माघ महिनामा बैंकको आधार दर ९.८६ प्रतिशत रहेको छ । यसका आधारमा बैंकबाट ऋण लिँदा १४.३६ प्रतिशत ब्याज तिर्नुपर्नेछ । कृषि विकास बैंकको आधार दर १०.४० प्रतिशत रहेको छ । यो माघ महिनाको हो । बैंकले विभिन्न शीर्षकको कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । बैंकबाट ऋण लिँदा १५.४ प्रतिशतसम्म ब्याज लाग्नेछ । हिमालयन बैंकबाट ऋण लिँदा भने प्रतिशत ब्याज तिर्नुपर्नेछ । हाल बैंकको आधार दर त्यसमा थप ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।
बैंकहरुको बेस रेटका आधारमा कर्जामा महँगो ब्याज सनराइज बैंकको देखिएको छ । हाल बैंकको आधार दर ११.६२ प्रतिशत रहेको छ । बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ ।
यस्तै, नबिल बैंकले भने कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने जनाएको छ । बैंकको बेस रेट १०.१० प्रतिशत रहेको छ । यसको आधारमा बैंकबाट ऋण लिँदा १५.५० प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
अहिले एनआईसी एशिया बैंकको वेस रेट १०.०२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको १०.५० प्रतिशत, एनएमबिको १०.६८ प्रतिशत, सिद्धार्थको १०.७१, नेपाल एसबिआईको १०.७५ प्रतिशत रहेको छ।
यस्तै, ग्लोबल आइएमईको वेस रेट १०.८० प्रतिशत, हिमालयनको १०.८६ प्रतिशत, सानिमाको १०.८६, कृषि विकासको ११.०६, लक्ष्मीको ११.१३, प्रभुको ११.१४, माछापुच्छ्रेको ११.२३, प्राइमको ११.३४, कुमारीको ११.३८ र सिटिजन बैंकको ११.३९ प्रतिशत रहेको छ । चैत महिनामा लागू हुने बैंकहरुको ब्याजदर अनुसार अधिकांश बैंकले वेस रेटमा थप २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्नेछ ।
कुनको आधार दर कति ?
