नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

काठमाडौं । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केहि पदका लागि कर्मचारी मागेको हो ।
बैंकले हायर लेभल म्यानेजरियल पोजिसन र मिडल लेभल म्यानेजरियल पोजिशनका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १५ गते भित्र कम्पनीले उपलब्ध गराएको बेवसाइट https://rollingnexus.com/NSBL मार्फत आवेदन दिन सकिनेछ ।
