एनएमबि बैंकले चैत १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री गर्दै, प्रतिकित्ता कति ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले चैत १६ गतेदेखि संस्थापक समूह तर्फको ६७ हजार ७०६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, काठमाडौंमा चैत २३ गते भित्र पेश गर्ने सकिनेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा बिहान १० बजे खोलिने छ ।