२८ प्रतिशत लाभांश पारितका लागि छिमेक लघुवित्तको साधारण सभा आज बस्दैं « Arthapath.com
१८ असार २०८२, बुधबार

२८ प्रतिशत लाभांश पारितका लागि छिमेक लघुवित्तको साधारण सभा आज बस्दैं



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज (चैत १० गते) बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्ने छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनका लागि छिमेकले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गरेको हुदाँ फागुन २३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस्