प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको सेयर किन्ने मौका

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सकिनेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ भने न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।