सर्वसाधारणले पनि किन्न पाईने गरि १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बेच्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
यसअघि नै बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो ।
तर, सो सेयर खरिदका लागि अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति/संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन आजैका मितिले ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नलिब इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न सकिने फारमा उल्लेखित शर्तहरुका अधिनमा रही पेश गर्न सक्नेछन् ।
साथै सेयरको मूल्य तथा संख्या बिक्रेता र खरिदकर्ता बीचको आपसी समझदारीमा कायम गरिने बैंकले जनाएको छ।