ज्योति विकास बैकको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संचालकमा राम कुमार श्रेष्ठलाई नियुत्त गरेको छ ।
कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । चैत १३ गतेदेखि लागू हुने गरी आगामि साधारण सभासम्मको लागि उनलाई संचालकमा चयन गरेको हो ।