प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता « Arthapath.com
२२ चैत्र २०७९, बुधबार

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता



काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्सकलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चैत्र २२ गते (आज) सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनर सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिनथोमस एस. जे. बाट हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजीबजार सम्बन्धी सामान्य, आधारभुत,तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान उल्लेख गरेका छन् ।

उक्त, कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्