आइएमई पे र एम बैंकबीच सम्झौता

काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंक बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी
अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर गर्न मिल्ल्ने छ ।
साथै, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।