एनआईसी एशिया बैंकको ग्राहकहरूलाई केसर स्वीट्समा १० प्रतिशत छुट « Arthapath.com
२३ असार २०८२, सोमबार

एनआईसी एशिया बैंकको ग्राहकहरूलाई केसर स्वीट्समा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंमा रहेको पशुपति प्लाजाको केसर स्वीट्स एण्ड फुड्समा छुट रहेको छ । विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।

पछिल्लो पटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्डवा प्लाटिनम कार्ड प्रयोग गरि रहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त हुने कम्पनीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्