सिटिजन्स बैंक धारापानी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कम्पनीले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । शैक्षिक सामाग्री वितरणलाई विद्यार्थी र उनीहरूका परिवारहरूले राम्रोसँग स्वागत गरेका थिए र उनीहरूको सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरे ।
यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।