प्रतिकित्ता १५० रुपैयाँमा किन्ने होइन सानिमा बैंकको सेयर ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त सेयरमा आवेदन दिन चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी चैत २८ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई आवेदन खुल्ला गर्ने कम्पनीले जनाएको छ ।