प्रभु बैंकको २५ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
१७ असार २०८२, मंगलबार

प्रभु बैंकको २५ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई आवेदन खुल्ला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्