७५२ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरुका शाखा « Arthapath.com
१७ असार २०८२, मंगलबार

७५२ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरुका शाखा



काठमाडौं । कुल ७५३ स्थानीय तहमध्ये २०७९ फागुनसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

२०७८ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ फागुन मसान्तमा १२० रहेको छ ।

यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ फागुन मसान्तमा ११ हजार ६२९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्