नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाली नव वर्ष उत्सव २०८० को अवसरमा नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन छुट अफर ल्याएको छ । बैंकका ग्राहकले अनलाईन समान खरिदमा छुट उपलब्ध गराउनका लागि दराज नेपाल सँग आपसी सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कँुवरले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ गते सम्म डेबिट कार्ड मार्फत प्रिपेमेन्टमा ८ प्रतिशत ( अधिकतम रु. ७५० सम्म) बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १००० सम्म) को छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्राहकहरुले अप्रिल १० देखि २० सम्म २० प्रतिशत (अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन ।

उक्त अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्डमा ई—कमर्स सक्रिय गर्नुपर्नेछ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा ई—कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै निवेदन दिन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्