राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सहायक स्तरका नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान सुरु गरेको छ ।
बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम दिएको हो ।
बुधवारबाट बैंकले सहायक पदका ७४ जना कर्मचारीहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले व्यवासायिक ढंगले जिम्मेवावर भई काम गर्नुपर्ने बताए । उनले कर्मचारीहरुले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताए ।

सोही अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताईन् ।
यसका साथै बैंकका मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।