नबिल बैंकले घटायो ब्याजदरः यस्तो छ भोलिदेखी लागु हुने नयाँ ब्याजदर, अब कुनामा कति ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात नव वर्ष २०८० बैशाख १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्युनतम ५.४० देखि ७.४५ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत तोकेको छ ।
फागुनमा भने बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म, मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म निर्धारण गरेको थियो ।
यस्तै, बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ ।
कुनमा कति ?
