१० वर्ष अवधिको एनएमबि बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
३ बैशाख २०८०, आईतवार

१० वर्ष अवधिको एनएमबि बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९÷ २०९०’ नामको ऋणपत्र बाँडफाँट गरेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ मूल्य अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिसकिएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्