छुट्नु होला है ? महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
४ बैशाख २०८०, सोमबार

छुट्नु होला है ? महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा आवेदन दिने आज (बैशाख ४ गते) अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बैंकको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा कुनै हद तोकिएको छैन ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्