महालक्ष्मी विकास बैंकको बोनस तपाईको डिम्याट खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा सुरु गरेको हो ।
कम्पनीको पुष २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयरधनीहरुको खातामा जम्मा भएको हो ।
कम्पनीको चैत ३० गते सूचीकृत बोनस सेयर वापतमा १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर सूचीकृत भएको थियो । सोही दिनदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा बोनस जम्मा गरेको कम्पनीले जनाएको छ ।
साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र अभौतिकीकरण गर्ने भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।