यस्तो देखियो विकास बैंकको नाफामा प्रतिस्पर्धा « Arthapath.com
४ बैशाख २०८०, सोमबार

यस्तो देखियो विकास बैंकको नाफामा प्रतिस्पर्धा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० को आठ महिनामा सबै भन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । फागुन मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकले ८७ करोड ३६ लाख ८० हजार रुपैयाँ मुनाफा गरेको हो ।

हाल संचालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको फागुन समान्तसम्ममा ३ अर्ब ३९ करोड ६ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये मुक्तिनाथले सर्वाधिक नाफा कमाउन सफल भएको छ । दोस्रो स्थानमा नाफा कमाउने गरिमा विकास बैक भन्दा मुक्तिनाथको नाफा २१ करोड ३ लाख ३० हजार रुपैयाँले बढी हो । फागुन समान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ६६ करोड ३३ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गरिमा विकास बैंकको नाफा भन्दा १० करोड ६२ लाख ४० हजारले कम नाफा हो । विकास बैंकहरुमा चौथो नम्बरमा नाफा गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले सो अवधिमा ४३ करोड ३१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको हो ।

साथै, लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख ८० हजार रुपैयाँ, कामना सेवा विकास बैंकले ३२ करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको २८ करोड ६२ लाख ४० हजार रुपैयाँ र ज्योति विकास बैंकको १७ करोड ९८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्