सिटिजन्स बैंकद्वार बालविकास समाजका विद्यार्थीलाई आर्थिक सहयोग « Arthapath.com
४ बैशाख २०८०, सोमबार

सिटिजन्स बैंकद्वार बालविकास समाजका विद्यार्थीलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकद्वारा बालविकास समाजका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।

एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिाक्ष, मनोरंजन प्रदान गर्दै आएको संस्थालाई बैंकले १,५०,००० हजारको चेक एक समारोहमा संस्थाका इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेका छन् । । बैंकले आफ्नो सोह्रौं बार्षिकत्सव वैशाख ७ गते रहेको छ सोही उपलक्ष्यमा संस्थालाई आर्थिक सहयोग गरेको हो ।

बालविकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिए ।

बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्था गत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कम्पनीले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्