नबिल बैंकको ग्राहकले सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी खरीद गर्दा २ हजार क्यासब्याक « Arthapath.com
५ बैशाख २०८०, मंगलवार

नबिल बैंकको ग्राहकले सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी खरीद गर्दा २ हजार क्यासब्याक



काठमाडौं । सामसङ र नबिल बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् । सामसङले हाल मात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी को खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२ मा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ फाइबजी र ग्यालेक्सी ए५४ ५जी खरीद गर्दा रु २००० क्यासब्याक प्राप्त गर्ने छन् ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए ५४ ५जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वाक्रेडिट कार्ड मार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि खरीदगर्दा क्यास ब्याकअफरको फाइदालिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ ।

साथैं । सामसङ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए ५४ ५जि नेपाली बजारमा मार्च २९ देखि उपलब्ध भएको थियो । उपलब्ध भएदेखि नै तिन्मा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बिक्री धेरै भएको कम्पनीले दाबी गरेको छ । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिन सम्मचलि रहने ५००० एमएएच ब्याट्री जडित छन् भनें विभिन्न रङहरुमामा बजारमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्