एभरेष्ट बैंकको लोभलाग्दो प्रगतिः नाफासंगै इपिएस पनि बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब बढी (विवरणसहित)

काठमाडौं । एभरेष्ट बैंकले साढे दुई अर्ब खुद नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको नौ महिनामा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ६२.६३ प्रतिशत बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन नाफामा उल्लेख सुधार गरेसंगै नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड ७२ लाख ४८ रुपैयाँ पुगेको छ ।
बैंकले ३ अर्ब ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ संचालन नाफा गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ६२.५९ प्रतिशतले धेरै हो । सो अवधिसम्ममा बैंकको वितरवण योग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भन १३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकले कुल १ खर्ब ८६ अर्ब १५ करोड ८८ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६० अर्ब ८९ करोड ७१ लाख १८ कर्जा लगानी गरेको छ ।
सो अवधिमा बैंकको खराब कर्जामा पनि सुधार भई ०.७ प्रतिशतमा झारेको छ । वित्तीय रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानीमा पनि ९ रुपैयाँ २९ पैसाले वृद्धि भई ३० रुपैयाँ ७४ कायम भएको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा छ । बैंकको आधार दर ९.९४ प्रतिशत छ ।