खस्कियो सनराइज बैंकको नाफाः इपिएस पनि घट्यो, वितरणयोग्य नाफा ऋणात्मक, खराब कर्जा बढ्दै « Arthapath.com
१७ असार २०८२, मंगलबार

खस्कियो सनराइज बैंकको नाफाः इपिएस पनि घट्यो, वितरणयोग्य नाफा ऋणात्मक, खराब कर्जा बढ्दै



काठमाडौं । लक्ष्मी बैंकसंग मर्जरमा जानका लागेको सनराइज बैंकको नाफामा गिरावट आएको छ । बैंकको नाफा १० करोड ६४ लाख रुपैयाँले घटेको छ ।

बैंकले विहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । सो अवधिमा बैंकले १ अर्ब १७ करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने ८.३३ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा बैंकले १ अर्ब २७ करोड ७३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने ३७.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड ८३ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफामा पनि ७.४८ प्रतिशतको गिराव देखिएको छ । सो अवधिमा बैंकले १ अर्ब ६७ करोड ७५ लवाख ७७ हजार रुपैयाँ संचालन नाफा गरेको छ ।

बैंकको वितरवण योग्य नाफा पनि ४ करोड ८३ लाख ५३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । सो अवधिमा बैंकको खराब कर्जा पनि २.२५ प्रतिशतले बढेर ३.६२ प्रतिशत पुगेको छ ।

चालु आवको नौ महिनामा बैंकले १ खर्ब ३१ अर्ब ६७ करोड १६ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब ४३ करोड ४४ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने ७ अर्ब ६५ करोड १४ लाख ८५ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६१ पैसाले घटेर १५ रुपैयाँ ४३ पैसा कायम भएको छ । यता, बैंकको प्रतिसेयर नेटवर्थ भने १७५ रुपैयाँ १४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्