मर्जपछि झन सबल बन्दै प्रभु बैंक : अधिकांश सूचकहरु सकरात्मक, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका अधिकांश सूचकहरु सकरात्मक छन् ।
सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ११.५० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसंगै खुद नाफा वृद्धिमा थप टेवा पुगेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको संचालन नाफा ६.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड ९४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने उक्त नाफा २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ, जगेडा कोष ८९.९८ प्रतिशतले बढेर १० अर्ब २७ करोड ९ लाख ५२ हजार रुपैयाँ, कर्जा लगानी ५५.३० प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ४५ करोड १९ लाख ५ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ८५ पैसा रहेको छ ।